बैठकअघि सांसदहरूको ज्वरो नापियो



काठमाडौं : संघीय संसदको राष्ट्रियसभा बैठकअघि सांसदहरूको ज्वरो मापन गरिएको छ ।

कोरोनाभाइरसको एक महत्वपूर्ण लक्षणमध्ये ज्वरो पनि एक हो । शरीरको तापक्रम धेरै देखिए सांसदहरूलाई राष्ट्रियसभा बैठकमा सहभागी नगराउने तयारी सचिवालयको थियो ।

बैठकअघि राष्ट्रियसभा अध्यक्षकोसमेत ज्वरो मापन गरिएको उनका प्रेस संयोजक अशोक पौडेलले बताए । अरु सांसदहरूको पनि शरीरको तापक्रम जाँच गरिए पनि कुनै पनि सांसदमा ज्वरो नभेटिएको उनले बताए ।

सरकारले २५ जना भन्दा धेरै भेला हुन रोक लगाए पनि संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अझै स्थगित भएको छैन । राष्ट्रिय सभा बैठक सञ्चालनका क्रममा सुरक्षाकर्मी र सचिवालयका सदस्यहरू समेत गरी झण्डै १ सय ५० भन्दा धेरै भेला हुन्छन् ।

यद्यपी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने तयारी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्