कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द



काठमाडौँ । भारतमा भइरहेको लोकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रवार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुन लागेका हुन् ।

सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने छ । नेपाल र भारतमा चुनाव हुँदा ७२ घण्टा अघिदेखि नै सीमा नाका बन्द गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्