सैफकी पूर्वपत्नी अमृताबारे के भन्छिन् करीना कपूर ?



एजेन्सी : बलिउडकी चर्चित अभिनेत्री हुन् करीना कपूर । उनले सन् २०१२ मा सैफ अली खानसँग विवाह गरेकी थिइन् ।

सैफले सन् २००४ मा अमृता सिंहसँग डिभोर्स गरेका थिए ।

अमृतासँगको १३ वर्षे लामो सम्बन्ध अन्त्य गर्दै उनले अलग्गिने निर्णय गरेका थिए । उनले एक कार्यक्रममा सैफको पुर्व श्रीमतीबारे बोलेकी थिइन् ।

उनले भनेकी थिइन्,‘मैले हालसम्म उनलाई भेटेको छैन । उनीसँग सैफको सम्बन्ध थियो । त्यसबारे म अनभिज्ञ छैन ।’

उनले भनेकी थिइन्,‘हामी लामो समयदेखि एकअर्कालाई बुझ्दै आइरहेका छौँ । उनले अमृताको कुरालाई लिएर कहिल्यै पनि मसँग नराम्रो व्यवहार गरेका छैनन् । म अमृताका दुई सन्तानलाई पनि उत्तिकै सम्मान गर्छु ।’

प्रतिक्रिया दिनुहोस्