माडी पुगेर डा शेखरले भने-‘बाँदरमूँढे घटनाका दोषीलाई उन्मुक्ति नदिइयोस्’



काठमाडाैं : नेपाली कांग्रेसका नेता एवं नेपालको शान्ती प्रक्रियामा महत्वपुर्ण भूमिका खेलेका डा. शेखर कोइरालाले बाँदरमुँढे घटनालाई राजनीतिक रंग दिएर यस घटना दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।

 

मंगलबार चितवनको माडीस्थित बाँदरमुँढे पुगेका डा कोइरालाले भावविह्वल हुँदै भने -"बाँदरमुँढे घटनामा हाम्रो गल्ति भयो भनेर तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डले पटक-पटक भनिसकेकाे अवस्थामा यो घटनामा मेलमिलापबाट टुंग्याउने काम कदापि गरिनूहुन्नँ। यदी त्यसो गरिए हामी शशक्त प्रतिरोध गर्छौं।"

 

घटनाका पीडितहरुसँग साक्षात्कार गर्दै डा कोईरालाले बाँदरमुढे घटना कलंकको टीका भएको बताउँदै यस घटनाका दोषीलाई कानुनी कठ्घरामा ल्याएर कारबाही गर्नुपर्ने बताए । "यो युद्ध अपराध हो । यो र यस्ता अन्य घट्नाका सवालमा कूनै पनि हालतमा कसैसँग सम्झौता हून सक्दैन ।"- डा कोइरालाले भने ।

 

बाँदरमुँढे घटनाका पीडितहरुले तत्कालिन माओवादी र माओवादीबाटै निर्वाचित माडीका मेयर लगायतले स्तम्भ त्यहाँबाट हटाउन लागेको भन्दै डा कोइरालाको ध्यानाकर्षण गराएका थिए । २०६२ जेठ २३ गते तत्कालिन माओवादीले यात्रुबाहक बसलाई एम्बुस आक्रमण गर्दा ३८ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ७५ जना घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्