मधेश प्रदेश नामाकरणले स्थायी राजनीतिक सन्देश दिन्छ : नेता मण्डल



जनकपुरधाम : राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता उमेश मण्डलले प्रदेश नं.२ को नामाकरण ‘मधेश प्रदेश’ मा सम्पूर्ण राजनीतिक दलले सहमति जनाए यसले स्थायी राजनीतिक सन्देश दिने दाबी गरेका छन् ।

उनले प्रदेश नं.२ को सदनले स्पष्ट रुपमा प्रदेशको नामाकरण सम्बन्धमा आफ्नो औपचारिक मत विभाजन गरेको बताए । उनले भने,’बिगतको लामो संघर्ष र इतिहासले मधेशी (मधेस) जस्ता विभेदकारी शब्दको उच्चारणले नेपालको राजनीतिमा बिशेष स्थान बनाएको सर्व्बिदित छ । एउटा हेक्का राख्न जरूरी छ ।

आफुले श्रृजित संघीय शासनतन्त्रको मूल, भाव, अर्थ, भविष्य रेखांकन गर्ने पहिलो कदमको रुपमा प्रदेशको नामकरणले पनि बिशेष अर्थ राख्नु स्वभाविक नै हो । आम मधेशी समुदाय बीचको सांस्कृतिक एकताले खस आर्यलाई राजनीतिक चिन्तनशिल बनाउन प्रयत्नशील गर्ने ठाउँमा अबको राजनीतिक चिन्तनको भूमिकामा मधेसी समुदाय आईपुगेको बेलामा यो मुलुकले भोग्दै आएको क्यान्सर भन्दा पनि घातक राजनीति,कूटनीति आयातिकरण (यसको बिभिन्न नीति, नियम, निर्देशन लगायत) को भूमिरिमा नफाल्ने संघीय शासन प्रणालीको प्रमुख प्रवक्ताका काँधमा यस्ता आयातिकरणले प्रभाव पार्नु भनेको आफ्नो बलियो बन्दै गÞईरहेको पहिचान माथिको धोका हो ।’

युवा नेता मण्डलले मधेशको नामले अन्य प्रदेश लगायत सम्पूर्ण मुलुकबासीहरुमा संघियता, राष्ट्रीय एकता मजबूत हुने बताउँदै बिभेदीकरणको अन्त्य हुने जिकिर गरेका छन् । मण्डलले भने,’समानुपातिक समावेशिकरण लगायत राजनीतिक मुदाहरुलाई संबैधानिकिकरण गर्ने योगदान छ । अन्य बहसमा रहेको नामले नामको वा प्रादुर्भाव, शुरुवाती राजनीतिक आकांक्षा,गन्तव्यको ठोस रेखांकनबारे स्पष्ट नभएसम्म हामी त्यसप्रति सहमत हुन सक्दैनौं ।’
यस प्रदेशको नाम ‘मधेश प्रदेश’ मा सहमति भएपछि यसले स्थाई राजनीतिक सन्देश दिने निश्चित देखिएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्