स्वास्थ्य कर्मचारीलाई सार्वजनिक बिदा नदिने



काठमाडौं : सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका सबै कर्मचारीलाई सार्वजनिक बिदा नदिने भएको छ ।

मन्त्रालयले शुक्रबार एक परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमासमेत आफ्नो सम्बन्धित कार्यालयमा उपस्थित भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएको हो ।

मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले गरेको परिपत्र अुनसार अधिकृत र उपसचिवस्तर भन्दा माथिका कर्मचारीलाई तत्काल उपत्यका छाडेर जान पनि रोक लगाइएको छ ।

‘कोरोना भाइरसलाई नेपालभित्र फैलिन नदिनका लागि व्यवस्थापन तथा परिचालन गर्नुपर्ने भएकाले काठमाडौं उपत्यकाभित्र कार्यरत यस मन्त्रालय अन्तर्गतका कर्मचारी र विभागीय प्रमुखहरु बिदाको दिनमासमेत कार्यालयमा उपस्थित भई काम गर्नुहोला’, परिपत्रमा भनिएको छ, ’अधिकृत र उपसचिवस्तरका कर्मचारीले काठमाडौं उपत्यका नछाड्न यस मन्त्रालय (सचिवस्तर) को निर्णायनुसार अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्