सरकारी–निजी कार्यालय बन्द गर्ने सरकारको तयारी



काठमाडौं : सरकारले कोरोना भाइरस भित्रिन नदिन सरकारी तथा निजी कार्यालय बन्द गर्ने तयारी गरेको छ ।

कोरोनाको सन्त्रास फैलिएपछि सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने तयारी गरेको हो ।

यसअघि सरकारले अदालत, विद्यालय, विश्वविद्यालय, सीमा नाका, हवाई सेवा बन्द गरिसकेको छ ।

यद्यपि, प्रधानमन्त्रीले साँझ ६ बजे सम्बोधन गर्दै विस्तृतमा प्रकाश पार्ने बताइएको छ । शुक्रबार साँझ कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक पनि बस्दैछ । समितिले नै थप घोषणाको तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्