कालोबजारी गर्नेलाई ५ वर्ष कैद



काठमाडौ : विश्वभर कोरोना भाइरसको त्रास उत्पन्न भइरहेका बेला नेपाल सरकारले कालोबजारी गर्नेलार्ई ५ वर्ष कैद गर्ने भएको छ ।

ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेकालाई शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले ५ वर्षसम्म कैद गर्ने निर्णय गरेको हो ।

बैठकले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने समेत निर्णय गर्ने जनाएको छ । कोरोना भाइरस संक्रमणको त्रासले बजारमा ग्यासको अभाव रहेको तथा कालोबजारी भएको उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्