उपत्यकामा सहज इन्धन वितरण गर्न सकेपछि निगमको वितरण विभाग र थानकोट डिपो प्रमुखको सरुवा



काठमाडौं : नेपाल आयल निगमले दुई उच्च अधिकारीलाई सरुवा गरेको छ । भारतबाट पर्याप्त मात्रामा इन्धन आए पनि काठमाडौं उपत्यकामा सहज वितरण गर्न नसकेको कारण देखाउँदै आयल निगमले देशैभरको इन्धन बितरण प्रणाली हेर्ने निर्देशक वीरेन्द्र गोइत र काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा ईन्धन बितरण गर्ने थानकोट डिपो प्रमुख विनितमणी उपाध्यायलाई शुक्रबार राति सरुवा गरेको हो ।

आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले शुक्रबार साँझ गोइत र उपाध्यायलाई सरुवा गरेको जानकारी दिए ।

स्रोतका अनुसार निगम प्रवक्ता समेत रहेका गोइतलाई प्रबन्ध निर्देशकको कार्यालयमा बिना जिम्मेवारी सरुवा गरिएको छ भन थानकोट डिपो प्रमुख उपाध्यायलाई असहज परिस्थितिमा इन्धन बितरण प्रभावकारी ढङ्गले गर्न नसकेको आरोप लगाउँदै केन्द्रीय कार्यालय तानिएको छ ।

स्रोतका अनुसार मुलुकमा कोरोनाभाइरसको त्रास र सन्त्रातका कारण पेट्रोलियम पदार्थको माग बढ्दा आपूर्ती सहज गर्न नसकेको भन्दै प्रबन्ध निर्देशक पौडेल गोइतसँग रुष्ट थिए । सोही कारण देखाउँदै दुवै जनालाई सरुवा गरिएको हो ।

यसैगरी थानकोट डिपो प्रमुख उपाध्यायको ठाउँमा निर्देशक प्रदिप यादवलाई जिम्मेवारी दिइएको छ । यादव एक महिनाअघि मात्र अमलेखगञ्ज डिपोबाट केन्द्रीय कार्यालय सरुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्