होलीदेखि वेपत्ता रहेका चौधरीको शव फेला



कैलाली : धनगढीमा होलीको दिनदेखि वेपत्ता रहेका एक जनाको शव फेला परेको छ ।

होलीको दिन अर्थात फागुन २७ गतेदेखि वेपत्ता रहेका धनगढी उप-महानगरपालिका वडा नं.१९ का ५० वर्षिय चुल्लुराम चौधरीको आज शव फेला परेको हो ।

आज विहान सवा ११ बजे धनगढी उप-महानगरपालिका वडा नं.१८ स्थित लालीगुँरास र पशुपति सामुदायिक बनको सीमानामा उनको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘टाउँको, आखा र शरिरमा भएको भाग किराले खाएको अवस्थामा शव फेला परेको छ, घटनास्थलमा बहुलिया प्रहरीको टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको टोली पठाईएको थियो ।’

प्रतिक्रिया दिनुहोस्