मधेशको आदिवासी को ? नेता प्याकुरेल



काठमाडौं : सत्तारुढ नेकपाका नेता तथा प्रदेश २ का सचिव सुमन प्याकुरेलले प्रदेश नं.२ मा नेकपा र राजपाको सरकार बन्ने बताएका छन् ।

उनले नेकपाले चाहेको दिन प्रदेश २ मा राजपासँग मिलेर सरकार गठन गर्ने बताए । अहिले त्यहाँ समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको संयुक्त सरकार रहेको छ ।

राष्ट्रियसभाको निर्वाचनपछि प्रदेश २ मा नेकपा र राजपाबीच सम्बन्ध कस्सिदै गएको र कुनै पनि बेला त्यहाँ नयाँ सरकार बन्ने उनको भनाई छ । तराई-मधेशले पहिचानसहितको स्वाभिमान खोजेको तर काठमााडौंका शासकले त्यसलाई बुझ्न नसकेका कारण त्यहाँ समस्या भएको उल्लेख गर्दै त्यसलाई चिर्न कम्युनिष्टले मात्रै सक्ने बताए ।

मधेश आन्दोलनबाट उदाएका समाजवादी र राजपा सामन्तवादका उत्तराधिकारी भएकोसमेत उनको आरोप छ । मधेशमा थारु जाती मात्रै त्यहाँको आदिवासी भएको उल्लेख गर्दै उनले अहिले आफूलाई मधेशवादी दाबी गर्ने मधेशी समुदाय र पहाडे समुदाय त्यहाँ एकै चोटी प्रवेश गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्