भोली सुन्दर सुदूरपश्चिम यातायातले धनगढीबाट क्यू फ्रि गर्दै



धनगढी : सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढीबाट पूर्वी नेपालका विभिन्न रुटमा भोली क्यू फ्रिको घोषणा गरेको छ ।

नेपाल सरकारको निर्णय अनुसार पर्सीदेखि लामो दूरीका सवारी सञ्चालनमा रोक लगाईने भएपछि भोली क्यू फ्रिको घोषणा गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रा.लिका अध्यक्ष पदम सापकोटाले बताए । उनका अनुसार कोहलपुरदेखि पूर्व रुटमा क्यू फ्रि गरिने भएको हो ।

यस्तै पूर्वी रुटमा पर्सीदेखि सवारी सञ्चालन बन्द गरिने समेत सापकोटाले बताए । उक्त यातायात प्रालीले सुदूरपश्चिमका सबै रुटमा भने सवारी सञ्चालन नै रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्