कोरोना रोकथाप : उच्चस्तरीय समन्वय समितिको बैठक जारी



काठमाडौं : कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा बसिरहेको छ ।
समिति संयोजक, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बैठक बसिरहेको छ । बैठकमा कोरोना भाइरसको जोखिम र पूर्व तयारीका विषयमा छलफल भइरहेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा घोषणा गरेका कुराहरु कार्यान्वयनका सम्बन्धमा बैठकमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै आइतबारबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने सोमबारबाट लामो दुरीका यातायातका साधनहरु बन्द हुने र १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्