कोरोनाको प्रभाव : तेक्वान्दोको सम्पूर्ण गतिविधि चैत २२ सम्म बन्द



काठमाडौं : कोरोना भाइरसका कारण नेपाल तेक्वान्दो संघले आगामी चैत २२ गतेसम्म तेक्वान्दोको सम्पूर्ण गतिविधि बन्द गरेको छ ।

संघको केन्द्रिय, प्रदेश र जिल्लाको कार्यालयसहित डोजाङको प्रशिक्षण चैत २२ गतेसम्मको लागि बन्द गरिएको संघले आज एक सूचना जारी गर्दै जनाएको छ ।

सरकारले कोरोना संक्रमणको कारण देखाउदै अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालयहरु बन्द गर्न निर्देशन दिएसँगै संघले पनि कार्यालयहरु बन्द गरेको हो ।

प्रतिक्रिया दिनुहोस्