कञ्‍चनपुरमा ‘अघोषित कर्फ्यु’, घरबाहिर निस्किए कारबाही गर्ने चेतावनी



काठमाडौं : कोरोना भाइरस संक्रमण भित्रन नदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ। प्रशासनले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको हो।

सूचनाको बर्खिलाप गरेमा सुरक्षाकर्मीले जाँच गरी कारबाही गर्ने चेतावनीसमेत दिएको छ। प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सतर्कताका लागि घरबाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय भएको बताए।

सुरक्षा समितिको आज बसेको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो। बैठकले भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो।

Urjent_Notice_of_Corona12_9.jpg
प्रतिक्रिया दिनुहोस्