स्वाइन फ्लुले लियो भारतका पूर्व रक्षामन्त्रीको ज्यान



भारतीय पूर्व रक्षामन्त्री जर्ज फर्नाडिजको स्वाइन फ्लूका कारण निधन भएको छ।

 

 ८८ वर्षीय फर्नान्डिजनको आज  बिहान ७ बजे दिल्लीमा निधन भएको भारतीय सञ्चारमाध्यले जनाएका छन।  

 

फर्नाडिजले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा रक्षामन्त्रीको पद सम्हालेका थिए। फर्नाडिज भारतको समता पार्टीको संस्थापक नेता हुन्।

 

३ जुन ११३०मा भारतको मैंगलोरमा जन्मिएका उनी नौं पटकसम्म लोकसभाका सांसद बनेका थिए।  

प्रतिक्रिया दिनुहोस्