प्रताप, बिजु र कविताको दोस्रो सहकार्य ‘चाहान्छु’



काठमाडौं : गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘चाहान्छु’ बोलको गीतमा मानस र मनिषाको शब्द, सरोज पोखरेलको संगीत तथा अशोक तामाङको एरेञ्ज रहेको छ । गीतको भिडियोमा बिजु पार्की र कविता नेपाली फिर्चड छन् ।

गीतको भिडियोमा बिजु पार्कीको निर्देशन, उत्सव दाहालको सिनेम्याटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ । प्रताप, बिजु र कविताको यो दोस्रो सहकार्य हो । यसअघि पनि झ्याम झ्याम बोलको गीत सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्