चलचित्र ‘२ नम्बरी’को छायांकन स्थगित



काठमाडौं : हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणको त्रासले सबैलाई घरमै बस्न सरकारले आग्रह गरिएको छ । यतिबेला चलचित्र हलहरू बन्द छन्, चलचित्रको प्रदर्शन रोकिएको छ भने केही छायांकनरत चलचित्रहरूले पनि छायाङ्कन स्थगन गरेर बसेका छन् ।

कोरोनाभाइरस डरका कारण समयमै सतर्कता अपनाउदै चलचित्र ‘दुई नम्बरी’ले पनि छायांकन स्थगित गरेको छ । दिपेन्द्र लामा निर्देशित चलचित्र ‘२ नम्बरी’ पोखरा आसपासका क्षेत्रहरुमा छायाँकन भइरहेको थियो । कोरोना भाइरस संक्रमण त्रासको अवस्था सामान्य नभएसम्मका लागी छायांकन रोकिएको सामाजिक सञ्जाल फेसबुक मार्फत निर्देशक दिपेन्द्र लामाले जानकारी दिएका छन् ।

चलचित्रमा दयाहाङ राई, वर्षा राउत, पल शाह , भुटानी नायिका ,उगेन छोदेन, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय रहने छ । आगामी वर्षको जनै पूर्णिमामा रिलिज टार्गेट राखिएको यस चलचित्र २ साथीको मित्रता कथामा बन्न लागेको हो । रेड वर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको यो चलचित्रको प्रस्तुत कर्ता किरण नेपाली हुन् भने रत्न श्रेष्ठ चलचित्रको कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्