‘प्रेम गीत ३’ युनिटद्वारा करिब ११ हजार माक्स वितरण



काठमाडौं : चलचित्र ‘प्रेम गीत ३’ युनिटले हिजो (आइतबार) कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा करिब ११ हजार माक्स वितरण गरेको छ । कोरोनाको संक्रमणबाट बच्न सर्वसाधरणलाई मास्क प्रदान गरेको निर्देशक सन्तोष सेनले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

‘माक्स वितरण गर्न सेन सहित नायक प्रदीप खड्का, नायिका क्रिस्टिना गुरुङ, कलाकारहरु मनिष राउत, प्रेम पुरी लगायत सहभागी थिए । कोरोनाभइरस त्रासका कारण चलचित्रको चैत २८ को प्रदर्शन मिति स्थगित गरिएको छ ।

अब नेपाल सरकारको नयाँ सूचना नआएसम्म चलचित्र कहिले प्रदर्शनमा ल्याउने भन्ने कुरा अनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस्