गौरीफन्टा नाकामा प्रहरी र घर फर्कने नेपालीबीच झडप, प्रहरीद्वारा अश्रु ग्यास प्रहार



कैलाली : धनगढी उपमहानगरसँग जोडिएको गौरीफन्टा नाकामा नेपाल प्रहरी र नेपाल फर्कन लागेका नेपालीबीच झण्ड भएको छ ।

आज (मंगलबार) बिहान भारतका मजदुरी गर्ने नेपाली नेपाल फर्कन लागेका थिए । तर, प्रहरीले उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाउन खोजेपछि दुई बीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

झडपले उग्ररुप लिन थालेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

सरकारले आज (मंगलबार) देखि देशैभर लकडाउन गरेको छ । कोरोनाभाइरस संक्रमण रोक्न सरकारले आजदेखि लकडाउन गरेको हो ।

लकडाउनसँगै सीमानाका बन्द गरेपछि भारतबाट नेपाल आउन लागेका सयौं नेपालीहरु सीमा नाकामा अलपत्र परेका छन् । उनीहरुले संकटको बेलामा पनि आफ्नो देशमा फर्किन नदिएको भन्दै आक्रोश पोखेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा गृह मन्त्रालयको निर्देशन कुरिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्