कनिका कपुरलाई रिपोर्ट आफ्नो नभएर अरुकै हुन सक्ने आशंका



काठमाडौं : ‘बेबी डल’ गीत मार्फत चर्चामा आएकी गायीका हुन्– कनिका कपुर । उनलाई कोरोना संक्रमण देखिएको उनी आफैले सामाजिक सञ्जालमार्फत बताएकी थिइन् । कोरोना संक्रमण भएर उपचार गराइरहेकी गायिका कनिकालाई पछिल्लो समय आफ्नो रिपोर्टमा गडबडी भएको आशंका गरेकी छन् ।

उनको रिपोर्टमा उनको उमेर अर्कै उल्लेख भएका कारण रिपोर्टमा गडबडी भएको आंशका गरेकी हुन् । कनिकाले यस्तो आशंका गर्दा डाक्टरले भने उपचारमा सहयोग नगरेको आरोप लगाएका छन् । डाक्टरले उनले अस्पतालमा हरेक सुविधा खोजेको आरोप पनि लगाएका छन् ।

उनले उपचारका क्रममा स्टारडम देखाउन खोजेको आरोप डाक्टरको छ । उनको मागका कारण अस्पतालका कर्मचारी नै दिकदार भएको समेत भारतीय मिडियामा खबर छ । तर, कनिकाले एक भारतीय अनलाइनसँग कुरा गर्दै डाक्टरले आफुलाई धम्की दिएको आरोप लगाएकी छन् । उनले निकै नै खराब अस्पतालमा आफुलाई राखिएको पनि आरोप लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्