सुजताको ‘बाजा बजाउँदै’मा प्रिज्मा र प्रिन्सी



काठमाडौं : सुजता केसीको नयाँ गीत ‘बाजा बजाउँदै’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’, प्रदिप लिम्बु , प्रिज्मा र प्रिन्सी खतिवडा फिर्चड छन्

गीतमा लोकराज अधिकारीको शव्द र अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजन रहेको छ ।

म्यूजिक भिडियोको निर्माण भने सुशील शर्माले गरेका छन् । काजिश श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा कोरियोग्राफी पनि काजिशकै रहेको छ । अर्जुन तिवारीको टिमले छायांकन गरेको गीतको भिडियो सम्पादन भने दिपक बिष्टले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्