मायामा जेल पनि सहन तयार लक्ष्मी र जीवन



काठमाडौं : मेलिना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘जेल पनि सहुँला’ बोलको गीतमा रोहन पौडेल ‘जनक’ को शब्द र हरि लम्सालको सङ्गीत रहेको छ । गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ ।

भिडियोलाई लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन् । भिडियोमा जीवन एक स्कुलका पालेको भूमिकामा छन् भने लक्ष्मी सोही स्कुलकी शिक्षिकाको भूमिकामा छिन् । भिडियोमा यी दुईको माया प्रेम आकर्षक रूपमा देखाइएको छ । भिडियोमा बुद्ध थापाको छायाङ्कन र विष्णु खड्काको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्