राजेश हमाल ‘डे वान’मा गीत गुनगुनाउदै, सचेत र सर्तक रहन सबैलाई आग्रह



काठमाडौं : सरकारले आज (मंगलबार)बाट आगामी साता चैत १८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । हिजो(सोमबार) फ्रान्सबाट कतारको दोहा हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोनाभाइर (कोभिड–१९)को संक्रमण देखिएपछि सरकारले आजदेखि देशैभर ‘लकडाउन’ गर्ने निर्णय हो । अब एक साता सर्वसाधारण घर बाहिर निस्किन पाउने छैनन् ।

‘लकडाउन’को सदुपयोग गरौभन्दै विभिन्न कलाकारले विभिन्न क्रियाकलाप गरिरहेका छन् । त्यस्तै ‘लक डाउन’को पहिलो दिन महानायक राजेश हमालले आफ्नो फेसबुक पेजमा ‘डे वान’ लेख्दै एउटा भिडियो सेयर गरे । भिडियोमा उनी अमेरिकन गायक जस्टिन टिम्बरलेकको चर्चित गीत ‘अ हन्ड्रेड माइल्स’ गुन्गुनाई रहेका थिए । भिडियो सन्देशमार्फत आफ्ना दर्शकलाई सचेत र सर्तक रहन तथा समयको सदुपयोग गर्न आग्रह गरे ।

राजेश हमाल यो सात अरू बेला, फुर्सदका बेला जसरी आफ्नो समय बिताउथे त्यहि योजना अनुसार विताउदै छन् । कहिले म्युजिक सुनेर, कहिले व्यायाम गरेर, कहिले पुस्तक पढेर त कहिले युट्युुबमा डकुुमेन्ट्री र सूचनामुुलक सामग्री हेरेर ।

प्रतिक्रिया दिनुहोस्