माथि चौतारीमा कुर्दै लोकप्रिय गायिका अर्पणा श्रेष्ठ



काठमाडौं : लोकप्रिय गायिका अर्पणा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो ‘माथि चौतारीमा कुरौला’ सार्वजनिक भएको छ । सचिन थापाको शब्द र सगीत रहेको यस गीतको म्यूजिक भिडियोमा सपना, सचिन, एलेक्स, सिदार्थ लगायतका कलकारहरुको अभिनय रहेको छ ।

सचिन थापाको निर्देशनमा तयार यस भिडियोमा शिलन लम्सालको सम्पादन र अर्जुन सापकोटाको सिनेमाटोग्राफी रहेको छ । लोकप्रिय गायिका अर्पणाको स्वरमा यसअघि पनि केही गीत र म्युजिक भिडियोहरु बजारमा आइसकेका छन । अन्य गीत र भिडियोलाई जस्तै यस गीतलाई पनि माया गरिदिन श्रोता, दर्शक एवं मिडियाहरुलाई गायिका अर्पणा आग्रह गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्