के सोनम कपूर गर्भवती छिन् ? भाइरल भयो यस्तो तस्बिर



एजेन्सी : पछिल्लो केही दिनदेखि बलिउड अभिनेत्री सोनम कपूर गर्भवती भएको खबर बाहिरिएको छ । यसैबीच उनको केही तस्बिर भाइरल भइरहेको छ ।

उनी तस्बिरमा खुला–खुला कपडा लगाएकी छन् । उनी पेट लुकाउन यस्तो कपडा लगाउँछिन् भनेर कतिपयले बताइरहेका छन् । तर, स्पटबोइको एक रिपोर्टले भने सोनम गर्भवती नभएको र उनको बारेमा अफबाह फैलाइएको बताएको छ ।

सोनमसँग जोडिएको एक सुत्रले उनी गर्भवती नभएको खुलाएको छ । अभिनेत्रीहरु गर्भवती भएको खबर बाहिरिनु सामान्य रुपमा लिइन्छ । यसअघि पनि प्रियंका, दीपिका र अनुष्काको बारेमा यस्तो अफबाह फैलिएको थियो ।

भर्खरै दिल्लीबाट फर्किएकी सोनम कपूर दिल्लीको घरमा एक्लै बसिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्