रयालिटी शो ‘नेपाल आइडल’ सिजन ३ को प्रशारण स्थगित



काठमाडौं : सरकारले मंगलबारबाट कोरोनाभाइरसको रोकथामका लागी चैत १८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । अब एक साता सर्वसाधारण घर बाहिर निस्किन पाउने छैनन् ।

नेपालकै चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन ३ को प्रशारण केही समयका लागि बन्द हुने भएको छ । विश्वभर फैलिएको कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपनल आइडलको प्रशारण बन्द हुने भएको हो ।

कोरोनाको अवस्था सामान्य नहुन्जेल नेपाल आइडलको प्रशारण रोकिने निर्देशक सुरेश पौडेलले बताएका छन् । नेपाल आइडलमा रहेका प्रतिस्पर्धीहरु पनि आआफ्नै घर गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्