प्रधानमन्त्रीलाई लेखे गगन थापाले पत्रः ‘यही तरिकाले यो महासंकटबाट पार पाउन सकिन्न’



काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् । कोरोना भाइरसको महासंकटसंग जुध्ने क्रममा भइरहेका प्रयासहरू पर्याप्त नभएको भन्दै पत्र लेखेका हुन् ।

‘हामीले जे गरिरहेका छौं पर्याप्त छैन। जसरी गरिरहेका छौं, यही तरिकाले यो महासंकटबाट पार पाउन सकिन्न,’ थापाले भनेका छ्, ‘हामीले तत्कालै गर्नुपर्ने केही विषयमा प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु’ -उनले पत्रमा लेखेका छन् ।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा थापाले सरकारले अहिलेसम्म गरेका कामको प्रशंसा गर्दै थप कामहरू गर्नुपर्ने सुझाव पनि राखेका छन्।

पत्रमा उनले स्थानीय र प्रदेश सरकारसँग केन्द्र सरकारको समन्वय अभाव खड्किरहेको पनि उल्लेख गरेका छन् ।

यस्तो छ थापाको पत्र

प्रतिक्रिया दिनुहोस्