भारतमा कोरोनाबाट संक्रमितमध्ये ४८ जना निको भए, नयाँ संक्रमण घट्यो



एजेन्सी : छिमेकी मुलुक भारतमा कोभिड–१९ बाट संक्रमित मध्ये ४८ जना निको भएर घर फर्किएका छन् ।

भारतीय मिडियाका अनुसार हालसम्म भारतमा ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ११ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरी, भारतमा नयाँ संक्रमितको संख्या घट्न थालेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १२ बजेदेखि पूरा देश लकडाउन हुने घोषणा गरेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न भारतभर २१ दिन लकडाउन हुने भएको हो ।

देशबासिका नाममा मंगलबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सम्पूर्ण भारतीयहरुको जीवन बचाउनका लागि तीन साता लामो बन्दको घोषणा गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्