कोरोनाविरुद्ध लड्न यी खेलाडीहरुले गरे सहयोग



काठमाडौं : फुटबलर क्रिस्टियानो रोनाल्डोले कोरोना भाईरसविरुद्ध लड्न आर्थिक सहयोग गरेका छन् । पोर्चुगलका कप्तान रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले कोरोनाविरुद्ध लड्न १ मिलियन युरो सहयोग गरेका छन् ।

यस्तै बार्सिलोनाका कप्तान लियोनल मेस्सी, म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवाला लगायतले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गरिसकेका छन् ।

चीनदेखि सुरु भएको कोरोनाका कारण विश्व खेलकुद ठप्प रहेको छ ।

प्रतिक्रिया दिनुहोस्