कनिकालाई कोरोना संक्रमण भएको तेस्रो पटकको रिपोर्टबाट पुष्टि



काठमाडौं : बेबी डल’ गीत मार्फत चर्चामा आएकी गायीका हुन कनिका कपुर । उनलाई कोरोना संक्रमण देखिएको उनी आफैले सामाजिक संजालमार्फत बताएकी थिइन् । कोरोना संक्रमण भएर उपचार गराइरहेकी गायिका कनिकालाई पछिल्लो समय आफनो रिपोर्टमा गडबडी भएको आशंका लागे पछि पटक-पटक चेक गराएकी थिइन् ।

दोस्रो रिपोर्टमा गलत उमेर उल्लेख भएपछि कनिकाले रिपोर्ट गलत भएको आशंका गरेकी थिइन् । तर, तेस्रो पटक पनि रिपोर्ट ‘पोजिटिभ’ आएपछि उनी कोरोना संक्रमित रहेको पुनःपुष्टि भएको हो । कनिकाको उपचारमा चिकित्सकका अलावा ६ जना नर्सको टोली खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्