तस्वीरमा हेर्नुहोस् ‘लकडाउन’को दोस्रो दिन



काठमाडौँ– विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम र नियन्त्रणमा लागि सरकारले लकडाउनको घोषणा गरेको आज बुधबार दोस्रो दिन हो । पहिलो दिन अर्थात हिजो मंगलबार लकडाउनमा सवसाधारणहरू फटफुट्ट सडकमा देखिएका थिए भने आज विहानैबाट प्रहरीले कडाई गरेको थियो ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु भनी सरकारले एक हप्ताको लागि जारी गरेको आदेश उल्लङ्घन आज भने कम भएको छ । अनुमति प्राप्त र अति आवश्यक बाहेकका सवारी आवागमनमा रोक लगाइएको छ ।

ट्राफिक प्रहरीले लकडाउनको दोस्रो दिन आज बिहान ८ बजेसम्म ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । घरबाट बाहिर अनावश्यक रुपमा निस्केका सर्वसाधानरणलाई भने सम्झाईबुझाई गरेर घर फर्काइएको बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्