पानी प्रशोधन केन्द्रको पोखरीमा डुबेर वीरगन्जमा मजदुरको मृत्यु



वीरगन्ज– वीरगन्जको छपकैयामा निर्माण गरिएको पानी प्रशोधन केन्द्र (वाटर ट्रिटमेन्ट प्लाण्टको) पानी भण्डारण हुने पोखरीमा डुबेर एकजना व्यक्तिको ज्यान गएको छ ।

कालीका कन्ट्रक्शनमा कार्यरत छपकैया घर भएका राजेन्द्र साह सोनारको पानीमा डुबेर ज्यान गएको हो । अपरान्ह ४ बजे तिर सुर्तीको डब्बा पोखरीको पानीमा खसेपछि झिक्न गएका सोनार आफै चिप्लिएर पोखरीमा खसेर डुबेका हुन् ।

२० फिट गहिरो पानी रहेको पोखरीमा डुबेका सोनारलाई सशस्त्र प्रहरीको गोताखोरको टोलीले पोखरीमा डुबेको आधा घण्टापछि मृत अवस्थामा फेला पारेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुले जानकारी दिए ।

हाल उनको शव पोष्टमार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याएको उनले बताए । शहरी विकास मन्त्रालय, वीरगन्ज महानगरपालिका, नगरविकास कोष र एशियाली विकास बैंकको संयुक्त लगानीमा मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजना अन्र्तगत फोहर पानी प्रसोधन केन्द्र संचालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्