कोरोना संक्रमण रोक्न सरकारलाई सहयोग गर्न आम सर्वसाधारणलाई राष्ट्रपतिको आग्रह



काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसविरुद्धको अभियानमा सबै एकजुट भएर अघि बढ्न् पर्ने बताएकी छन् ।

बुधबार एक विज्ञप्तीमार्फत उनले कोरोनाभाइरसले मानव सभ्यता र मानिसको अस्तित्वमाथि नै विश्वव्यापी चुनौती खडा गरेको यस जटिल परिवेशलाई निस्तेज पार्ने अभियानमा सबै एकजुट हुन उनले आग्रह गरेकी हुन् ।

नेपाल सरकारलेद्वारा कोरोनाको संक्रमण रोक्नका लागि गरिएको लकडाउनको अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमूलक बनाउन सकिनेमा पनि उनले ध्यानाकर्षण गराएकी हुन् ।

उनले सरकारलाई सहयोग गर्न आम सर्वसाधारणलाई आग्रह पनि गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्