भारतीय आइटम डान्सर राखी विराटनगरमा



काठमाडौंः बलिउडकी चर्चित आइटम डान्सर राखी सावन्तले विराटनगरमा प्रस्तुति दिँदै छिन् । आज बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल–२०१९ मा प्रस्तुति दिन लागेकी हुन् ।  

विवाद र चर्चामा आईरहने नायिका सावन्त नयाँ दिल्लीबाट पश्चिम बंगालको बागडोग्रा विमानस्थल हुँदै उनी मंगलबार साँझ विराटनगर आईपुगेकी हुन् । गोपाल फनपार्कमा ८ लाख रुपैयाँ खर्चिएर स्टेज निर्माण भएको छ । यसबाहेक अन्य सबै तयारी पूरा गरिएको छ । 

पछिल्लो पटक भने बलिउड नायिका तनुश्री दत्तलाई गाली गर्दै सेक्स स्क्यान्डलमा फसेका नायक नाना पाटेकरलाई बचाउ गरेका कारण सावन्त सामाजिक सञ्जालमा चर्चामा छिन् । उनी विभिन्न समयमा हर्कत गरेर चर्चामा आउने नायिका हुन । 

प्रतिक्रिया दिनुहोस्