कोरोना आशंकामा धौलागिरी अञ्चल अस्पताल भर्ना भएको युवाको रिपोर्ट नेगेटिभ



बागलुङ : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण भएको आशंका धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा भर्ना गरिएका एक युवाको रिपोर्ट नेगेटिभ आएको छ ।

भारतको पटनाबाट आएका बागलुङ नगरपालिकाका ती युवामा कोरोनाभाइरससँग मिल्दो लक्षण देखेपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई चिकित्सकले तत्कालै आइसोलेसनमा राखेका थिए ।

लगत्तै उनको थ्रोर्ट स्वाब निकालेर काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँचका लागि पठाइएको थियो । बिहीबार आएको उनको रिपोर्टमा कोरोनाको संक्रमण नदेखिएको धौलागिरी अञ्चल अस्पताल बागलुङबा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्