कालोबजारी सिर्जना गरे ११४९ मा फोन गर्न अनुरोध


काठमाडौं : सरकारले कालोबजारी र कृत्रिम अभाव सृजना गरेको चाल पाए टोलफ्रि नम्बर ११४९ नम्बरमा फोन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । कोभिड–१९ फैलने सम्भावनालाई मध्यनगर गरी यही चैत ११ गतेदेखि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको अवस्थामा उपभोक्तामा सहज आपूर्तिको व्यवस्था गर्न सरकारले व्यवसायिलाई आग्रह गरेको छ ।

“कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरीजस्ता कार्य गरी बजारमा आवश्यक उपभोग्य खाद्य वस्तुको अभाव पार्ने गरेको देखिएमा तत्कालै खबर गर्न अनुरोध छ”, गृहमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । वर्तमान जटिल घडीमा कुनै समस्या परे त्यसको समाधानका लागि गृह मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने टोलफ्रि नम्बर ११४९ मा फोन गर्न आग्रह गरिएको छ ।

नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न छ बुँदे निर्णय गर्दै काठमाडौँ उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य बस्तु सबै विक्रेताले आआफ्ना डेलिभरी सवारीमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । त्यसका लागि सवारी पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।

पसल सञ्चालन, माग सङ्कलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्नेछ । माग सङ्कलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्न सबै विक्रेताले आआफ्नो नम्बर उपलब्ध गराइ प्रचारप्रसार गर्न समेत भनिएको छ । फोन, अनलाईन र अफलाइनमार्फत माग सङ्कलन गरी आवश्यक दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न व्यवसायिलाई अनुरोध गरिएको छ ।

दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनसबै वडा कार्यालयबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाडौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका तथा नगरपालिकाले मिलाउने जनाइएको छ । उपत्यका बाहिर रहेका अत्यावश्यक बस्तुका हकमा बिक्रेताले आवश्यक व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले सहयोग गर्ने बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक