विश्वभर कोरोनाबाट ५ लाख बढी संक्रमित



एजेन्सी : कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३९ हजार ६ सय ७८ जना नयाँ संक्रमितहरु थपिएसँगै संक्रमितको संख्याले ५ लाखको आँकडा पार गरेको हो ।

वल्र्ड ओ मिटरका अनुसारबिहीबार विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५ लाख १० हजार ६ सय ४६ पुगेको छ । त्यस्तै सो भाइरस संक्रमणबाट मर्नेको संख्या २३ हजार ७९ पुगेको छ मृत्यु हुने १८०१ मा इटाली र स्पेनका मात्र १२ सय १० जना रहेका छन् ।

इटालीमा बिहीबार मात्र ७ सय १२ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ४ सय ४ सय ९८ जनाको ज्यान गएको छ । त्यस्तै इरानमा १३७ जनाको मृत्यु भएको छ भने अमेरिकामा ७३ जनाको मृत्यु भएको छ । जर्मनी र नेदरल्यान्डसमा क्रमसः ३३ र ७८ जनाको मृत्यु भएको छ ।

इटालीमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार २ सय १५ पुगेको छ भने स्पेनमा ४ हजार १ सय ४५ पुगेको छ ।

विश्वमा उक्त भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक नै इटाली र स्पेन देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्