कंगना अभिनित मणिकर्णिकाको डिजिटल राइट्स मूल्य ३० करोड



एजेन्सी : कंगना रनावत अभिनित चलचित्र ‘मणिकर्णिका – द क्विन अफ झाँसी’ को डिजिटल राइट्स ३० करोडमा बिक्री भएको छ । अमेजन प्राइमले उक्त चलचित्रको डिजिटल राइट्स ३० करोडमा खरिद गरेको हो । 

 

यससँगै मणिकर्णिका महिला केन्द्रित चलचित्रमा मँहगो मूल्यमा डिजिटल सम्झौता गर्ने दोस्रो चलचित्र बनेको छ । यसअघि आलिया भटको ‘राजी’ को डिजिटल राइट्स ३८ करोड मूल्यमा बिक्री भएको थियो । 

 

भारतमा पुरुषप्रधान चलचित्र र महिलाप्रधान चलचित्रको डिजिटल राइट्सको मूल्य धेरै फरक हुने गरेको छ । सलमान खानको रेस–३ र आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप भए पनि यी चलचित्रको डिजिटल राइट्स ७५ करोडमा बिकेकाे थियो ।

 

अनुष्का शर्माको परी र रानी मुखर्जीको मर्दानीले २० करोड मात्र डिजिटल राइट्सको मूल्य पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्