नेताहरुको चेतावनीपछि कांग्रेस बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडाैं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

 

कांग्रेसले पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न असोज २५ गते बैठक बोलाएको थियो । तर, अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने  चेतावनी दिएपछि बैठक अनिश्चितककालका लागि स्थगित भएको हो । 

 

यद्यपी कांग्रेसले औपचारिक रुपमा बैठक स्थगित गरेको घोषणा भने गरिसकेको छैन । यसअघि आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भ्रातृ संस्था नेविसंघको विधानमा ३२ वर्षे हदम्याद कायम गर्ने निर्णय पारित गरेपछि पार्टीका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र कृष्ण सिटौलाले निर्णयमा असहमति जनाउदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्