भ्रम फैलाउने पक्राउ


सुरुङ्गा : कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो ।
क्वारेन्टाइन तयार

सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ, जसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइन विर्तामोड नगरपालिकाले निर्माण गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सो नगरपालिकाले मेची आँखा अस्पताल र कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युट एण्ड नर्सिङ कलेजमा ९० श्ययाको क्वारेन्टाइन निर्माण गरेको प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । भारतलगायत तेस्रो देशबाट आएका १७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

मेची नगरपालिकामा ७० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । नगरका विभिन्न ठाउँमा बनाइएका क्वारेन्टाइनमा भारतलगायत तेस्रो देशबाट आएका मानिसलाई राखिएको छ । मेचीनगरपालिकामा अहिले २४ क्वारेन्टाइनमा रहेका छन् भने १०२ जना होम क्वारेन्टाइनमा छन् ।

जिल्लाकै पुरानो नगरपालिका भद्रपुरमा ३२ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । दमक नगरपालिकामा २४ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ भने शिवसताक्षीमा १६ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कचनकवल गाउँपालिकामा १४ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कमल गाउँपालिकामा भने १३ र अर्जुनधारा नगरपालिकामा १२ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ ।

यता बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका, गौरादह नगरपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकामा १०÷१० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । झापामा अहिले ३३१ होम क्वारेन्टाइनमा रहेका छन् भने ५४ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

लकडाउनका समयमा सेवा पु¥याउने उद्देश्यले बुद्धशान्ति गाउँपालिकाले छ एम्बुलेन्स तयार गरेको छ । गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीसहितका सामाजिक सङ्घसंस्थाका छ । एम्बुलेन्स तयार गरेको हो ।

एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पिपीइ ड्रेस ९पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट० लगाएको गाउँपालिकाका प्रमुख रमेश भुजेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ

काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा ताल्चा

काठमाडौं : सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानी दिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक

काठमाडौं– सरकारले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका लागि १ खर्ब ३८ अर्ब ८० करोड

काठमाडौं : सरकारले हुलाकी राजमार्ग आगामी तीन वर्ष सम्पन्न गर्नका लागि आगामी वर्षका लागि ७

काठमाडौं– नेपाल टेलिभिजनको क्षमता विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रशारण गरिने भएको छ ।बिहिबार संसदमा आगामी

काठमाडौं– सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब १० करोड रकम विनियोजन गरिएको छ

काठमाडौं : सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरुलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय

काठमाडौं : सरकारले उखु उत्पादक किसानलाई अनुदान दिने निर्णय गरेको छ । सरकारले उखु उत्पादन