कोरोनाको संक्रमणबाट ज्यान गुमाउने २७ हजार नाघ्यो



एजेन्सी : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ।

शनिबार दिउँसोसम्म कोरोना भाइरसबाट २७ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ भने ६ लाखभन्दा बढी संक्रमित भएका छन्।चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला संसारभर फैलिएको छ।

हालसम्म संयु्क्त राज्य अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ। संंक्रमणको हिसाबले अमेरिका सबैभन्दा प्रभावित भएको भएपनि इटाली, स्पेन, चीन, फ्रान्स र इरानमा मृतकको संख्या अमेरिकामा भन्दा धेरै देखिएको छ।

प्रतिक्रिया दिनुहोस्