विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन


रुकुमपूर्व : रुकुमपूर्वका स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन शुरु गरेका छन् । पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन शुरु गरिएको भुमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिका भित्रका सम्बन्धित वडा कार्यालयका जनप्रतिनिधि र कोरोना जोखिम रोकथामका लागि गठित वडास्तरीय समन्वय समिति र गाउँपालिकस्तरीय समन्वय समितिलाई जिम्मा दिएको छ ।

कोरोना भाइरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि पछिल्लो एक महिनामा विदेशबाट फर्किएकाहरुको विवरण सङ्कलन गर्न लागिएको अधिकृत श्रेष्ठले बताए । विवरण सङ्कलनका क्रममा कुन ठाउँबाट फर्किएका हुन्, फर्किएको माध्यम, मिति र अन्य जानकारीसहित राख्ने गरिएको छ । विदेशबाट फर्किएकाको मात्र नभई अन्य जिल्लाबाट गाउँपालिकामा प्रवेश गरेकाहरुको पनि विवरण सङ्कलन भइरहेको गउँपालिकाले जनाएको छ ।

यसैगरी जिल्लाको सिस्ने गाउँपालिकाले पनि विदेशबाट आएकाहरुको विवरण संकलन गरिरहेको छ । गाउँपालिकाले पनि सम्बन्धित वडाका जनप्रतिनिधिलाई चैत महिनाको १ गतेभन्दा पछाडि आएकाहरुको विवरण सङ्कलन गर्न जिम्मा दिएको गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताए ।

विदेशबाट आएका सबैलाई अनिवार्य स्वास्थ्य परिक्षण गर्ने, क्वारेन्टाइन र होम क्वारेनटाइनमा बस्न भनिएको छ । विदेशबाट आएर कोही लुकिछीपी गाउँघरमा बसिरहेको थाहा पाएमा तत्काल प्रहरी कार्यालयमा खबर गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असार १ गतेबाट पठन शुरु गर्न संघ,

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५७ जिल्लामा

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८१ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : योगेन्द्र सिलवाल झापाको एम्बुलेन्स चालक हुन् । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबैलाई आफ्ना नाम थर परिवर्तन गर्न

जनकपुरधाम– प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटमा

काठमाडौं : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ सय ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगको टोली ६ जनाको ज्यान जानेगरी रुकुम पश्चिमको सोतीमा भएको

बझाङ : बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिका २ वर्षीय बालिकाको मृत्यु भएको

पोखरा : गण्डकी प्रदेशमा आज तीन जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका स्याङ्जा

काठमाडौं– सांसद सूर्य प्रसाद पाठकले सदनमा मृत्यु दण्डको माग उठाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही,