विपन्नलाई नगरको निःशुल्क खाद्यान्न



सिरहा : सिरहाको मिर्चैया नगरपालिकाले कोरोनाभाइरस (कोभिड १९) का कारण लकडाउनमा रहेका अति विपन्न तथा दलित परिवारलाई निःशुल्क खाद्यान्न वितरण गरेको छ ।

मजदुरी नगरी हातमुख जोड्नै समस्या हुने देखिएपछि नगरपालीले १२ वटै वडाका पाँच सय भन्दाबढी घर परिवारलाई राहत वितरण गरेको मेयर श्रवण यादवले जनाए । उनले भने, ‘गाउँघरमा अहिलेपनि दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु छन्, उनीहरुलाई राहतरुवरुप खाद्यान्न लगाएत सामाग्री उपलब्ध गराएका हौं ।’

प्रति परिवारलाई १५ किलो चामल, २ किलो दाल, २ किलो आलु, २ किलो चुरा, भुजा, आधा लिटर खाने तेल, १ किलो नुन, साबुन र परिवार संख्याको आधारमा घरमै पुगेर करिब २० हजार भन्दाबढी मास्क वितरण गरेको मेयर यादवले बताए ।

नगरपालीकाका पदाधिकारी, कर्मचारी तथा प्रशासनको उपस्थितिमा निश्चित दुरी कायम गरी गाउँमै पुगेर राहत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दिल्ली राम भट्टराईले जनाएको छ ।

गाउँबाट कुनै केन्द्र तोकेर बोलाउँदा भिडभाड हुने भएकाले गाउँमै पुगेर राहत प्रदान गरेको भट्टराईले जनाए । आजैबाट सुरुगरेको राहत वितरण चाँडै सवैवडासम्म पुग्ने उनले जनाए ।

यसैगरी कोरोनाको कारण दैनिक ज्याला मजदुरी गरीखानेहरुलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), गोलबजार नगरपालीका ७ वडा कमिटिले वडाका विपन्न, दलित तथा गरिवहरुलाई निःशुल्क राहत सामग्री वितरण गरेको छ । लकडाउनको समयमा कामबाट मञ्चित भएकाले नगरपालीकाले निःशुल्क खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।

वडामा रहेका करिव ५ सय भन्दा बढी दलित, गरिब परिवारलाई ५ केजी चामल, दाल, नुन, हातधुन सावुन र परीवार संख्याको आधारमा मास्क वितरवण गरेको नेता जीवन यादवले जानकारी दिए । उनले भने, ‘लकडाउन चाँडै सकिने अवस्था नभएकाले दैनिक ज्याला मजदुरी गर्नेहरुलाई हातमुख जोड्न समस्या देखिएकाले राहत प्रदान गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्