कोरोनाले अर्थव्यवस्थामा ह्रास आएपछि अर्थमन्त्रीले गरे आत्महत्या, रेलवे ट्र्याकमा भेटियो शव



एजेन्सी : कोरोना भाइरसले दुनियालाई आक्रान्त पारिरहेको बेला जर्मनका अर्थमन्त्रीले आत्महत्या गरेका छन् । उनको शव रेलको ट्र्याकमा भेटिएको छ ।

जर्मनका अर्थमन्त्री थोमस स्याफर कोरोना भाइरसले देशको अर्थव्यवस्थामा ल्याएको ह्रासले चिन्तित थिए । उनी १० वर्षदेखि अर्थमन्त्री थिए ।

जर्मनीमा अहिलेसम्म ४५५ व्यक्तिको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ८० हजार पुगिसकेको छ । अहिलेसम्म ६,८३,५८३ जनालाई कोरोना संक्रमण भेटिएको छ । जसमा ३२,१४४ जनाको मृत्यु भइसकेको छ । भने १,४६, ३९६ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्