‘उत्थान’ संस्थाका युवाद्वारा लकडाउनमा खटिएक प्रहरीलाई सहयोग



जनकपुरधाम : कोरोनाभाइरसको संक्रमणबाट बच्न र बचाउन सरकारले यतिबेला देशभरि लकडाउन गरेको छ ।

सरकारले गरेको लकडाउनको पालना गराउन र जनताको सुरक्षाका लागि आफ्नो ज्यानको जोखिम मोलेर जनकपुरमा मात्रै करिव एक हजार सुरक्षाकर्मीहरु चौबिसौं घण्टा फिल्डमा खटेका छन् ।

उनीहरु यस्तो कडा ड्युटी गर्दा भोक र तिर्खा लाग्नु स्वभाविक नै हो । यस्तै अबस्थालाई मध्यनजर गरि जनकपुरधामस्थित युवाहरुको एक संस्थाले चोकचोकमा खटिरहेका प्रहरी जवानहरुलाई मिनेरल वाटर र बिस्कुट वितरण गरेको छ ।

स्थानीय युवाहरु चन्द्रभुषण साह, अशोक साह, सुनिल साह र डा.संजय पासवान मिलेर सञ्चालन गर्दै आएको ‘उत्थान’ संस्थाले प्रहरी जवानहरुलाई सो साम्रगी बाँडेका हुन् ।

त्यस्तै कोरोनाबाट सबैभन्दा बढी बृद्धबृद्धाहरु प्रभावित भईरहेको अबस्थालाई दृष्टिगत गर्दै उनीहरूले जनकपुरधामस्थित जानकी बृद्धाश्रमकी आमाहरूलाई औषधी, मास्क र साबुन समेत वितरण गरेका छन् । उनीहरूले कोरोनाको संक्रमणबाट बच्न सचेत हुनुपर्ने आवश्यक उपायको बारेमा समेत आमाहरुलाई जानकारी दिएका थिए ।

ति युवाहरुले बाह्रबिघा मैदानमा खाना नपाएर विगत एक हप्तादेखि छटपटाई रहेका ८ घरपरिवारका करिव ३१ जना भारतिय मजदूरहरुलाई समेत चामल, दाल, आलु, प्याज, तेल, मसला लगायतका खाद्यान्न सामग्रीहरु सहयोग गरेका छन् ।

यस्ता सहयोग कसैलाई जुनसुकै बेला पनि आवश्यक परे आफुहरु हरसमय तयार रहेको ति युवाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्