अब सवारी पास सम्बन्धित निकायबाट पाइने



काठमाडौं : अब सवारी पास सम्बन्धित निकायबाट वितरण गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना निकाल्दै अब सवारी पास सम्बन्धित निकायबाट वितरण गर्ने जनाएको छ।

खाद्यवस्तु लगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरू आपूर्ति गर्ने निकाय/ सङ्घ संस्थाको हकमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट, बैंक तथा विक्तिय संस्थाहरूको हकमा नेपाल राष्ट्र बैंकले सवारी पास वितरण गर्ने छ।

त्यसैगरी राष्ट्रसेवक कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट र अन्य आकस्मिक प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण गर्ने भएको छ। यस अघि सवारी पास जिल्ला प्रशासन कार्यलयबाट वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्