ग्याँसको सिलिन्डर बोकाएर सजाय दिने प्रहरी खोज्दै हेडक्वाटर



काठमाडौं : प्रहरी प्रधान कार्यालयले लकडाउन उलंघन गर्नेलाई ग्याँसको सिलिन्डर बोकाएर सजाय दिने प्रहरीको खोजी शुरु गरेको छ। मोटरसाइकलमा आएका एक जनालाई ग्याँसको सिलिन्डर बोकाएर सडकमा सजाय दिइरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको आलोचना भएको थियो।

प्रहरीको आलोचना बढेपछि प्रहरी प्रधान कार्यालयले यसरी सजाय दिने महिला प्रहरीको खोजी शुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्