‘आइसोलेसन’ खोज्दै २० युवतीसहित थाइल्याण्डका राजा जर्मनीको भव्य रिसोर्टमा



जर्मनी : कोरोनाभाइरस (कोभिड–१९)को महामारी संक्रमणबाट जोगिन थाइल्याण्डका राजा २० युवती र अरु दर्जनौं दरवारीया कामदारहरुसहित जर्मजी पुगेका छन् ।

थाइल्याण्डमा कोरोनाभाइरसको महामारी फैलिँदै गर्दा उनी जर्मनी पुगेका हुन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आज (मंगलबार) बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थाइल्याण्डमा १ हजार ५ सय २४ जना कोरोनाबाट संक्रमित भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

दक्षिणी जर्मनीको भव्य रिसोर्टमा उनी सेल्फ आइसोलेसनमा केही दिनदेखि बसिरहेको डेलीमेलले उल्लेख गरेको छ । ‘ग्रान्ड होटेल सोन्नेबबिक’ मा उनी बसेको अन्तर्राष्टिय सञ्चारमाध्यहरुले जनाएको छ ।

थाइल्याण्डमा कोरोनाभाइरसको महामारी फैलिँदै गर्दा उनी जर्मनी पुगेको घटनालाई थाइ नागरिकहरुले आलोचना गरेका छन् ।

एक सय १९ सदस्यीय टोलीमा उनी सुटुक्क जर्मनी पुगेका थिए । मलेसियाका राजा र रानी कोरोनाबाट बच्न सेल्फ आइसोलेसनमा बसेपछि थाइ राजाको खबर बाहिरिएको हो । मलेसियाका राजा र रानी भने आफ्नै कार्यालयका कामदार संक्रमित भएपछि उनीहरु सेल्फ आइसोलेसनमा बस्न थालेका हुन् ।

मलेसियामा २ हजार ६ सय २६ जना कोरोनाबाट संक्रमित भएका छन् ३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यसैगरी कोरोनाभाइरस अहिले विश्वको २ सय देशमा फैलिसकेको छ भने यसबाट विश्वमा ७ लाख ८५ हजार ७ सय ७५ जना मानिस संक्रमित भएका छन् ।

त्यस्तै ३ लाख ७ हजार ८ सय १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको डब्ल्युएचओले जनाएको छ । साथै १ लाख ६५ हजार ६ सय ६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्