रामेछापमा जीप दुर्घटना : दुईको मृत्यु, ३० जना घाइते



रामेछाप : भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जीप रामेछापको खाँडादेवी– १ राकाथुममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

आज (मंगलबार) बिहान भएका दुर्घटनामा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी बिक्रमकुमार थापाका अनुसार दुर्घटनामा घाइते भएका दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर–२ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।

गोपीलालको शिर मेमोरियल अस्पताल बनेपा र संगीताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्